होली मनाउन शुरु, काठमाडौं वसन्तपुरको फोटो फिचर

  २०७९ फागुन २२ गते ११:४९     विकासन्युज

नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ ।

तस्बिर : रासस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.