संयुक्त राष्ट्रसंघ महासागर सन्धि अन्तिम चरणमा

  २०७९ फागुन २२ गते १०:३५     विकासन्युज

सांकेतिक तस्बिर

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका क्षेत्रहरूको समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ महासागर सन्धिको विषयवस्तुलाई अन्तिम रूप दिएकामा स्वागत गरेका छन् ।

महासचिवले राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका क्षेत्रहरूको समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोग सुनिश्चित गर्ने पाठलाई अन्तिम रूप दिएकामा सहभागी प्रतिनिधिहरूको प्रशंसा गरेको विज्ञप्तिमा जनाइएको छ । लगभग दुई तिहाइ समुन्द्रलाई ओगटेको यो विषयलको सफलताले सामुद्रिक कानूनमा संयुक्त राष्ट्रसंघको विशेष भूमिकलाई प्रतिनिधित्व गर्दछ।

यो कार्य बहुपक्षीयताको लागि र सामुद्रिक जटिलताको सामना गर्ने र विनाशकारी प्रवृतिहरूको सामना गर्ने विश्वव्यापी प्रयासहरूको लागि अहिले र आगामी पुस्ताहरूका लागि पनि विजय हो। जलवायु परिवर्तन, जैविक विविधताको हानी र प्रदूषणको तीनवटा सङ्कटलाई सम्बोधन गर्न यो प्रयास महत्त्वपूर्ण छ। साथै दिगो विकासका लागि सन् २०३० एजेन्डा र कुनमिङ(मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्कको सागर(सम्बन्धित लक्ष्यहरू प्राप्त गर्न पनि महत्त्वपूर्ण छ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.