नेप्सेमा ७ कम्पनीको २ करोड बढी कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

  २०७९ फागुन २१ गते ७:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत सातामा विभिन्न ७ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत फागुन १४ गते आइतबारदेखि फागुन १९ गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ७ कम्पनीको २ करोडभन्दा बढी बोनस सेयर सूचीकृत भएको हो ।

सानिमा बैंक, सिवाईसी नेपाल लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनी र सोल्टि होटलको कूल २ करोड ११ लाख ७२ हजार १८२.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सानिमा बैंकको १० प्रतिशत बोनस वापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, सिवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ६४ हजार ९२५.५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस वापतको १७ लाख ४९ हजार ४५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो

यस्तै, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस वापतको ११ लाख ५७ हजार ६९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०।४२११ प्रतिशत नगद गरी कूल ८.४२११ प्रतिशत लाभांश वितरण गरेको थियो

यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस वापतको १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो

यस्तै, सोल्टी होटलको ५ प्रतिशत बोनस वापतको ४२ लाख १३ हजार ५३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्सको ९ प्रतिशत बोनस वापतको ११ लाख ५९ हजार २ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद गरी कूल ९.४७३७ प्रतिशत लाभांश वितरण गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.