प्रिमियममा आईपीओ जारी गर्न सन नेपाल लाइफले बढायो प्रकृया, प्रतिकित्ता कति ?

  २०७९ फागुन १८ गते १८:५९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको हो ।

इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १५०.५५ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । यससँगै कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाँमा आईपीओ जारी गर्ने भएको हो ।

यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाको दरमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.