सभापोखरी हाईड्रोपावर आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

<p>काठमाडौं । सभापोखरी हाईड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्गसँग बुधबार सम्झौता गरेको छ । सो सम्झौतापत्रमा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा लंखुवा खोला साना जलविद्युत [&hellip;]</p>

काठमाडौं । सभापोखरी हाईड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्गसँग बुधबार सम्झौता गरेको छ ।

सो सम्झौतापत्रमा सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा लंखुवा खोला साना जलविद्युत आयोजना निर्माण गर्दै छ । ५ मेगा वाट क्षमताको उक्त आयोजनाको निमार्ण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

Share News