बिहीबार २६ अंकले घट्यो सेयर बजार, हिमालयन डिस्टिलरीको उच्च कारोबार

<p>काठमाडौं । बिहीबार सेयर बजार २६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर १९६९.०१ विन्दुमा पुगको छ । यसरी बजार घट्दा ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा बढी गुमाएको छ । लघुवित्तका सेयरधनीले सेयर ७ प्रतिशतले घट्दा प्रति सेयर ६१ रुपैयाँ गुमाएका छन् । यस्तै, बुद्ध भुमि हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजार २६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर १९६९.०१ विन्दुमा पुगको छ ।

यसरी बजार घट्दा ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा बढी गुमाएको छ । लघुवित्तका सेयरधनीले सेयर ७ प्रतिशतले घट्दा प्रति सेयर ६१ रुपैयाँ गुमाएका छन् ।

यस्तै, बुद्ध भुमि हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरधनीले सेयर मूल्य ४.२९ प्रतिशतले बढ्दा प्रति सेयर १८ रुपैयाँ कमाएका छन् ।

नेप्सेको अनुसार आज ३६ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Share News