सिद्धार्थ प्रिमियरको अध्यक्ष बने सुरेशलाल श्रेष्ठ, कम्पनी सचिवमा आचार्य नियुक्त

  २०७९ फागुन १७ गते १३:५७     विकासन्युज

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको अध्यक्षपदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठ प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)का अध्यक्ष हुन् । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेसँगै उक्त कम्पनीको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरिएको कम्पनी श्रोतले बताएको छ ।

त्यस्तै, सञ्चालकमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् ।

कम्पनीको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् ।

यससँगै, नयाँ बनेको इन्स्योरेन्सको कम्पनी सचिवमा शुदर्शन आचार्य नियुक्त भएका छन् । आचार्य सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.