महानगरले पार्किङ हटाएपछि दरबारमार्गका व्यवसायी आन्दोलित (फोटोफिचर)

  २०७९ फागुन १५ गते १७:४२     रिशव चौधरी

काठमाडौं । दरबारमार्गका व्यवसायीहरू काठमाडौं महानगरपालिकाको विरोधमा उत्रिएका छन् । महानगरपालिकाले दरबारमार्ग क्षेत्रभित्रको पार्किङ हटाएपछि व्यवसायीहरू आन्दोलित भएका हुन् ।

व्यवसायीहरूले एक घण्टासम्म पसलका सटरहरू बन्द गरेर नै विरोध जनाएका छन् । उनीहरू सोमबार साँझ कालो ब्यानर सहित विरोधमा उत्रेका हुन् ।

पार्किङको व्यवस्थापन नभएसम्म निरन्तर आन्दोलन गरिरहने चेतावनी व्यवसायीहरूले दिएका छन् । महानगरका र ट्राफिक प्रहरी मिलेर गत पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरिएको थियो ।

केही समय अगाडि महानगरपालिकाले अन्नपूर्ण होटल, लबिङ महल गरी विभिन्न ४ स्थानमा पार्किङ व्यवस्थापन गरेको थियो । तर, सो पार्किङ निजी भएकाले सार्वजनिक स्थानमा पार्किङको आवश्यकता रहेको दरबारमार्गका व्यवसायीहरू बताउँदा आएका छन् ।

यस अघि पार्किङ खुल्ला सडकमा हुँदै आएका थियो । पार्किङ नभएपछि व्यवसायीहरूले सटर भाडा समेत उठाउन समस्या भएकाले उक्त कदमको विरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.