पल शाहले उच्च अदालतबाट पाए सफाइ, भोलि जेल मुक्त हुँदै

<p>काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालतले सफाइ दिएको छ । कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिने फैसला गरेको हो । यसअघि जिल्ला अदालत पूर्वी नवलपरासीले [&hellip;]</p>

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालतले सफाइ दिएको छ ।

कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिने फैसला गरेको हो । यसअघि जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय र १० लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । अदालतबाट सफाइ पाएसँग शाह भोलि जेलबाट छुट्ने भएका छन् ।

१७ वर्षिय एक गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो तर जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।

Share News