‘परिवारका मान्छे धनी भए, जनयुद्धका घाइते र शहिद सम्झनुभयो’

  २०७९ फागुन १४ गते १९:३४     विकासन्युज

काठमाडौं । मैले एकाध पल्ट अभियान पनि चलाउन खोजे, अभियान पनि चलाउन खोजे तर धेरै मानिसहरु छेकिए, ब्लक गरिए । मैले घाइतेहरुलाई आउनुस सरकारले उपचार गराउँछु भनेर आह्वान पनि गरे, तर धेरै मानिसहरुलाई रोकियो । विभिन्न हिसाबले रोकियो । जे होस यस्ता रोक्ने किसिमका क्रियाकलापहरु विस्तारै अन्त्य हुँदै जानेछन् । स्वार्थकाे लागि काम गर्ने, देखावटी, बनावटी काम गर्ने, धोका र बेइमानिलाई आफ्नो चनाखो, कुसलता ठान्ने र जनता र देशलाई धोका दिने मानिसहरुलाई विस्तारै देश र दुनियाँले चिन्दै जान्छ ।

जसले, जसलाई धोका दियोस्, योद्धाहरुले देशका लागि लडेका थिए, शहिदहरुले देशका लागि लडेका थिए । कहिले कहिले लडाउनेहरुको नियम खराब हुनसक्छ, सपना देखाउनेहरुका सपनाको वितरण भ्रमपूर्ण हुनसक्छ, तर लड्नेहरुले साँचेको सुन्दर भविष्य आफ्नालागि भन्दा अरुहरुका लागि पो देखेका हुन्छन् ।

केही मान्छे आफ्नो सफलता, आफ्नो इगो र आफ्नो सफलताका निम्ती अरुहरुलाई भड्काइ रहेका हुन्छन् । त्यसले ठूलो क्षति ल्याएको हुन्छ । त्यहाँ त ठूलो षड्यन्त्र रहेछ, भनिएका कुराहरु साँचो होइन रहेछन् । ति कुराहरु पछि बुझिन्छ, तर बुज्दा थुप्रै मानिसको जिन्दगी गैसकेको हुन्छ । धेरैले सहादत प्राप्त गरेका हुन्छन भने धेरै बालबालिका टुहुँरा भैसकेका हुन्छन् । ति सडकमा पुगिसकेका हुन्छन् भने कुपोषणको सिकार भैसकेका हुन्छन् ।

सुन्दर जिवन तिनिहरुको सुन्दरता तर्फ जान रोकिसकेको हुन्छन् । यस्ता कुराहरु भैसकेपछि मात्र थाहा हुन्छ, त्यहाँ धोका भैसकेको हुन्छ । मैले लगभग ५८ वर्षको राजनीतिक जिवनमा अलिक सुरु देखिनै यस्ता कुराहरु सुन्दै देख्दै आउनुपर्याे । मसँगै काम गरिहरका साथीहरुलाई जेलबाट निकालेर, एकै ठाउँमा जेल सार्ने निर्णय गरेर एकै ठाउँमा गोलि हानेर मारिएको, हतगडी लगाएर जाने अनि गोली हान्ने र भाग्न खोजेभन्ने आरोप लगाउने, गाडीमा लगेर लगेको मान्छेलाई गाडी रोकेर, हिडाएर, निश्चित मार्ने ठाउँमा लगेर हत्या गरियो ।

जनयुद्धका नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा नयाँ हिंसाको अभियान सुरु गर्नुभयो । त्यसपछि जनता तर्फबाट र राज्यतर्फबाट थुप्रै मानिसको हत्या भयो । अमानविय ढंगले हत्या भयो । मैना सुनुवार तथा यदु गौतमको उदाहरण दिनसक्छौँ हामी । गिरफ्तार गर्ने हत्या गर्ने, लमजुङका शिक्षक अथावा खोटाङका शिक्षक गुरु लुइटेलका कुरा होस् । महिनौसम्म अपहरण गरेर, अत्यन्त अमानविय निर्मम किसिमले हत्या गरे ।

यो कसैलाई दुख्ला कसैलाई नदुख्ला । तर नेपाललाई दुख्छ, नेपाली जनतालाई दुख्छ । र त्यसको घाउँ अहिलेसम्म छँदैछ । त्यसका सञ्चालक सासनको कार्यकारी प्रमुख ठाउँमा छ । लामो समयदेखि लगातार, संविधान निर्माण पहिलो त २०६२ सालको आन्दोलनदेखि नै सरकारमा छदै छन् । प्रधानमन्त्री भएको ३ पल्ट भयो, सरकारमा भएको कति वर्ष भयो कति ।

यति निरन्तर ढंगले सायद ६२/६३ को आन्दोलनपछि कोहि पनि त्यति लामो समय निरन्तर सत्ता पक्षमा भैराखेको छैन होला । जता जो सँग मिलेर भए पनि सत्तामा हुने । एउटा प्रवितृ के देखिन्छ भने, बिरालो किन्न पर्दैन्, दुध र भात कचौँरामा दियो भने छिमेकीको बिरालो आफ्नो भैहाल्छ । कसले कचौँरामा कति दुध भात दिन्छ फुतरुक्क छिमेकीको घरमा सर्ने ।

त्यस प्रवित्तिले सरकारमा हुनु र नेतृत्व गर्ने शिलसिला जारी छ । परिवारका मान्छे धनिनै भएका होलान । भान्जा, भान्जी पनि राम्रै ठाउँमा पुग्या होलान, भाइ भतिजा, छोरी ज्वाई राम्रै ठाउँमा पुगेका होलान, तर अहिले पनि प्रधानमन्त्री जि ले घाइते सम्झनु भएको छ कि छैन, शहिदका परिवार सम्झनु भएको छ कि छैन ।

आफ्नै परिवार मात्र सम्झनु भएको छ कि अरु पनि सम्झनु भएको छ । उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन । कसलाई किन उहाँले जनयुद्ध चलाउनु भएको थियो ।

यस बीचमा एउटा प्रयास गरिएको थियो । देशमा लोक्तान्त्रिक , देशभक्त सरकार बनाउँ । लोकतन्त्रका निम्ती काम गरौँ, स्वस्च्छताका साथ काम गरौँ, पारदर्शीताका साथ काम गरौँ, जनताका समस्या समाधान गर्ने गरी अगाडी बढाऔं, आफ्ना स्वार्थमा केन्द्रित नभएर जनताका समस्या समाधान गर्ने गरी अगाडी बढ्न केन्द्रीत गरियो । तर पुष्पकमल दाहाल जी को ।

बेग्लै छ, उहाँ बोल्नुहुन्छ, भाषा बेग्लै गर्नुहुन्छ काम अर्काे । हेर्नु देब्रो तिर हुन्छ, निशाना दाहिने तिर हुन्छ । अस्तिका दिनसम्म पनि मसँग छक्काउने भाषा यद्यपी मैले पुष्पकमल दाहाललाई नचिनेको हैन । तर मैले सुनिरहे उहाँको कुरा, उहाँले मलाई छक्काइरहनुभयो । उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो, तर मलाई भन्नुभयो, फूल लिएर बसेको छु, तपाईलाई भ्रम नपरोस ।

मैले फूल लिएको हातमा, तपाईले चक्कु जस्तो देख्नुभयो होला भन्नुभयो । मैले तपाईंले भनेपछि फुल नै हो नि भन्दै बसे म । तर मेरो आँखाले धोका खाएको थिएन । उहाँ ढाँट्न, छकाउन, अप्ठ्यारो मान्नुहुन्न । जनतालाई धोका दिनुभयो, आफूलाई यस ठाउँसम्म ल्याउने सहयोद्दाहरुलाई धोका दिनुभयो ।

आफूलाई त्यस ठाउँमा ल्याउन जिवन दिने सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठुलो कुरा हो र । हिजो उहाँले भन्नुभयो, २ महिना कस्तो गाह्रो भएको थियो, हरियो देख्नै नहुने, दाम्लाे छिनाएर जान खोज्ने, मैले रोक्दिने, गाह्रो परेको थियो उहाँलाई । दाम्लाे छिनाएर झाप्पै मुख लाउन खोज्ने, तान्दिए पछि गाह्रो भएको थियो ।

मलाई थाहा थियो, उहाँले टिक्क सक्नुहुन्न । उहाँका गतिविधि निर्वाध चल्न पाउने, त्यो त म सँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुनसक्छ, त्यही जानु, सायद उहाँका लागि अनिवार्य थियो ।

( नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार शहिद तथा घाइते परिवारको सम्मानमा आयोजित कार्यक्रममा गरेको भाषण)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.