आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको तयारी तीव्र (फोटोफिचर) 

  २०७९ फागुन १० गते १८:०१     विकासन्युज

काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो भोलिबाट भृकुटीमण्डपमा सुरु हुँदै छ । भोलिबाट सुरु हुने एक्स्पोको लागि विभिन्न कम्पनीहरूलाई आफ्नो स्टल सजाउन भ्याइनभ्याइ छ ।

स्टल बनाउन तथा सजाउनमा श्रमिकहरू निकै व्यस्त देखिन्छन् । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको तयारी पनि लगभग पुरा भइसकेको छ ।

भृकुटीमण्डपमा सुरु हुने उक्त एक्स्पो फागुन  १४ गतेसम्म सञ्चालन हुने छ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजीङ्ग एण्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एण्ड कन्सट्रकसन अन्तराष्ट्रिय एक्स्पो पनि हुँदैछ ।

उक्त प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहने आयोजक टिमले बताएको छ ।

निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले पनि सो एक्स्पो हुन लागेको हो ।

प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याब संरचना, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिंग उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदि देख्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.