मिस्टर, मिस र मिसेस नेसनल २०२३ प्रतियोगिता हुँदै

  २०७९ फागुन ९ गते १२:०९     विकासन्युज

काठमाडौं । कराओके इन्टरटेनमेन्टले मिस्टर, मिस र मिसेस नेसनल २०२३ प्रतियोगिताको आयोजना गर्न लागेको छ । राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवालाई सक्षम बनाउन यो कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

कराओके इन्टरटेनमेन्टका संस्थापक अध्यक्ष खगेश रञ्जितले युवा र महिलामा लुकेको प्रतिभा प्रस्फुटन गरी राष्ट्रलाई विश्वमा चिनाउन यो प्रतियोगिता गर्न लागेको बताए । संस्थाका प्रमुख सल्लाहकार पूर्व एसएसपी दीपक रञ्जितले आफू राष्ट्र निर्माणमा लागेका व्यक्तिहरूको साथमा रहेको बताए ।

पूर्वकुमारी तथा सङ्गीतकर्मी मिस नेसनल समिता बज्राचार्यको कोरियोग्राफीमा हुन लागेको यो प्रतियोगिताको तालिम कोरिएन बार्बेक्यु, भनिमण्डल ललितपुरमा र अन्तिम प्रतिस्पर्धा होटल यलो प्यागोडामा हुने भएको छ । रोजिन शाक्यको ग्रुमिङ्ग सेसन तथा अन्य विज्ञबाट विभिन्न विधाको तालिमपश्चात् अन्तिम प्रतिस्पर्धामा नेपाली र अंग्रेजी भाषामध्ये कुनै भाषाको छनोट गरी निर्णायकका प्रश्नको जवाफ दिनसक्ने प्रावधान राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.