एनबीसीसीआईको १९ सदस्यीय टोली ब्राजिल भ्रमणमा, नेपालसँगको व्यापारिक सम्बन्ध थप उचाइमा पुर्याउने

<p>काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबीसीसीआई)को प्रतिनिधिमण्डल एक हप्ते ब्राजिल भ्रमणमा गएका छन् । संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल फागुन ४ गतेदेखि फागुन १२ गते (१६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म) ब्राजिल भ्रमणमा रहने भएका हुन् । १९ सदस्यको उक्त टोली नेपाल र [&hellip;]</p>

काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबीसीसीआई)को प्रतिनिधिमण्डल एक हप्ते ब्राजिल भ्रमणमा गएका छन् । संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल फागुन ४ गतेदेखि फागुन १२ गते (१६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म) ब्राजिल भ्रमणमा रहने भएका हुन् ।

१९ सदस्यको उक्त टोली नेपाल र ब्राजिलबिचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पुर्याउनका लागी ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा रहनेछन् । साथै, उक्त अवसरमा एक विशेष समारोहको आयोजना गरी ब्राजिलियन महामहिम राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई बिदाई गरेका थिए ।

उमेश रायमाझी र संयोजक नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ ।

प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरू; विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ ।

Share News