बोटलर्स नेपालका प्रबन्ध संचालकको तलब ६ करोड, सेयरधनीको बैठक भत्ता ३० हजार

<p>काठमाडौं । बोटलर्स नेपालका प्रबन्ध संचालक प्रदिप पाण्डेको वार्षिक तलब ४ प्रतिशतले बढेको छ । गत पुस २७ गते सम्पन्न कम्पनीको साधारण सभाले पाण्डेको तलब ४ प्रतिशतले बढाउने प्रस्ताव पारित गरेको हो । यससँगै उनको वार्षिक तलब तथा सेवा सुविधा ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । उनले आधारभुत तलब वापत ३ करोड ११ लाख [&hellip;]</p>

काठमाडौं । बोटलर्स नेपालका प्रबन्ध संचालक प्रदिप पाण्डेको वार्षिक तलब ४ प्रतिशतले बढेको छ । गत पुस २७ गते सम्पन्न कम्पनीको साधारण सभाले पाण्डेको तलब ४ प्रतिशतले बढाउने प्रस्ताव पारित गरेको हो ।

यससँगै उनको वार्षिक तलब तथा सेवा सुविधा ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

उनले आधारभुत तलब वापत ३ करोड ११ लाख रुपैयाँ र सेवा सुविधा वापत २ करोड ८० लाख रुपैयाँ पाउने भएका छन् । यसअघि उनले आधारभुत तलब वापत दुई करोड ९९ लाख रुपैयाँ बुझ्दै आएका थिए ।

यस्तै, साधारण सभाले सेयरधनीको बैठक भत्ता पनि बढाउने निर्णय पारित गरेको छ । कम्पनीले यसअघि रहेको सेयरधनीको बैठक भत्ता १५ हजार रुपैयाँबाट बढाएर ३० हजार रुपैयाँ पुर्याएको हो ।

 

Share News