२०७९ माघ २६ गते १७:५० विकासन्युज
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ ।
नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव अस्वीकृत भएपछि नेकपा (एमाले) नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको हो ।
योसँगै सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो ।
नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.