हेल्थ एट होमको सद्भावना दुतमा कप्तान पारस खड्का

  २०७९ माघ २६ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिदै आएको हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दुतका रूपमा आबद्ध बनेका छन् ।

खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले संद्भावना दुतका रूपमा आबद्ध गराउनु भएको हो । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो । हेल्थ एट होमले पारसको परिवार, छरछिमेकी र साथीहरूको समेत हेरचाह गरेको थियो । अहिले पनि पारसले कम्पनीका अन्य सेवाहरू प्रयोग गर्दै आइरहरेका छन् ।

हिजोका दिनमा व्यक्तिगत रूपमा भेटघाट गर्न नसकेपनि अब निरन्तर सहकार्य गर्ने गरि अगाडी बढिएको कम्पनीको भनाई छ । आगामी दिनमा आवश्यकताको महशुस गर्दै सहज र आत्मविश्वासी ढंगबाट सहकार्य गर्दै अगाडी बढ्ने कम्पनीको भनाई छ ।

सद्भावना दुतका रुपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका संस्थापक विशाल ढकालले भने “हामी उहाँको समर्थन प्राप्त गर्न पाउँदा भाग्यशाली ठानेका छौँ । जब मैले सोधेँ की, यदि उहाँले हाम्रो लागि प्रशंसा र प्रवद्र्धन गर्न सक्नुहुन्छ ? उहाँ आफै आएर हाम्रो कामको समर्थन गर्नुभयो र हाम्रो टिमको लागि समय उपलब्ध गराइदिनुभयो । पारसले पारिश्रमिक वा बिना सम्झौता हाम्रो सद्भावना दूतको रूपमा यो भूमिका लिनुभएको छ । उहाँ दयालु र नम्र हुनुहुन्छ । ” ।

यो सुरूवात र आवद्धताका साथ हामी घरमा गरिने गुणस्तरिय सेवाको जागरुकतालाई अझ नयाँ ढंगले अगाडी बढाउने प्रयास गरिररहेका छौँ । हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ ।

हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.