२०७९ माघ २६ गते १५:१५ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ, त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुप¥यो, हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो, संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन्, कतिपय विषयमा बिमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो’, उनले भने ।
संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउनु जरूरी रहेको भन्दै संविधानको पूर्ण कार्यान्वयनपछि मात्र संविधानमा भएका समस्या र त्रुटिहरू निष्कर्षमा पुग्ने सकिने उनको भनाई छ ।
‘संविधानले भनेको कुरा पहिला लागू गरौँ, त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला, संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन’, उनले भने ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.