फागुन १८ देखि नेपाल मेडिकल एक्स्पो हुँदै

  २०७९ माघ २६ गते १५:१९     विकासन्युज

काठमाडौं । नेपाल मेडिकल तथा ल्याब एक्सपो हुने भएको छ । फागुन १८ देखि २० गतेसम्म नेपाल मेडिकल तथा ल्याब एक्सपो हुने भएको हो ।

एसडि प्रोमो मिडियाले इइपिसि भारत र च्यमसन नेपाल सँगको सहकार्यमा आयोजना गर्न थालेको नेपाल मेडिकल तथा ल्याब एक्सपोको सम्पूर्ण तयारी पूरा गरेको छ । एसडि प्रोमो मिडियाको आयोजनामा हुन गइरहेको यस एक्स्पो यही फागुन १८–२० मा भृकुटिमण्डपमा हुने छ ।

यस नेपाल मेडिकल तथा ल्याब एक्स्पो, सबैभन्दा ठुलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुनेछ । यस नवीन प्रदर्शनीमा नेपालबाट ३०० भन्दा बढि प्रदर्शकहरू आउनुका साथै भारत तथा अन्य देशहरूबाट ८०० भन्दा बढि ब्रान्डले १००० भन्दा धेरै उत्पादनहरू तथा सेवाहरु सार्वजनिक प्रदर्शनीमा राख्नेछन् जसले स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्ने छ ।

यस छैटौँ संस्करणमा हेल्थ केयर, फर्मास्युटिकल तथा रिसर्च सेक्टरका लागि यि तिन दिन उपलब्धिमूलक हुनेछन् जहाँ थुप्रै व्यवसाहिक साझेदारी तथा उल्लेखनीय नेटवर्किङका अवसर प्रदान गरिनेछ । यस प्रदर्शनीले नयाँ कम्पनीहरूका लागि पुराना स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर दिनेछ । सबै कम्पनीले आफ्ना पछिल्ला तथा उत्कृष्ट उत्पादन प्रदर्शन गर्नका लागि सबै तयारी पूरा गरेका छन् । यस प्रदर्शनीका विगतका संस्करणहरूमा पनि अग्रणी ब्राण्डहरूले सहभागिता जनाइ आफ्ना उत्कृष्ट तथा नवीन उत्पादनहरूले सबैलाई प्रभावित गरेका थिए ।

यस प्रदर्शनीमा सहभागि हुने मेडिकल तथा ल्याबरेटोरीका प्रमुख ब्रान्डहरूमा स्कयानरे, एक्सिलेन्स, हिटाचि, कोनिका, सोनि, जिइ, फिलिप्स, थ्रि एम, स्कयारेर, बेन्क, विनब्याक, हेहिन, माइन्डरे, एड्यान, र्यानडोक्स, वोनडोक्स, अगापि, बिकन, होरिबा, एक्जिएस, जे मित्रा, मिअर्क, सिग्मा एल्डरिच,हन्ना, बेकम्यान कोल्टर, थेर्मो फिसर, अबान्टर, र्याडबाग, म्यागनस्, स्याटोरियस, एस्को, सेनजेन बायोसेन्स, बोरोसिल, डि–ल्याब, एन्यालिटिकन, रेटो लगायतका छन् ।

यस वर्षको मूल विषयवस्तु नयाँ नेपाल – हेल्थ केयर तथा ल्याबरेटोरीका पछिल्लो प्रविधि तथा उत्पादन अपनाएर नवीन तथा उत्कृष्ट विधि प्रयोग गर्नु हो । यस एक्सपोको महत्वपूर्ण आधारशिला एस।डि प्रोमो मिडियाको विज्ञता हो जसले सुपरिचित कम्पनी तथा ब्रान्डहरू सबैलाई एउटै साझा मञ्चमा जुटाएको छ । प्रत्येक संस्करणहरूले दक्षिण एसियाबाटै सकारात्मक प्रतिक्रिया पाउने गरेको छ ।

एसडि प्रोमो मिडियाका डाइरेक्टर राजेश शर्माले टिप्पणी गर्दै भने ‘यस छैटौँ संस्करणको घोषणा गर्न पाउँदा म उत्साहित छु । यस एक्स्पो पछिल्ला संस्करणहरू भन्दा पनि ठुलो हुनेछ जसमा ३०० भन्दा बढि प्रदर्शकहरू हुनेछन् ।  यस प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ जसले देशै भरिका विभिन्न ग्राहकहरूको माग सम्बोधन गर्नेछ । यसका साथै यस एक्सपोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउनै सुनौलो अवसर दिनेछ ।’

मेडिकल तथा ल्याबको सबैभन्दा बृहत्तर प्रदर्शनी नेपाल मेडिकल तथा ल्याब एक्सपो हो जसले उल्लेखनीय बिक्रेता तथा क्रेताहरूलाई साझा हितका लागि एउटै मञ्चमा ल्याउने गर्दछ । यस प्रदर्शनी निर्णयकर्ता, म्यानेजर, नर्सिङहोम, फर्मास्युटिकल, डाइग्नोस्टिक , कलेज , विश्वविद्यालय, ब्लड बैङ्क, मेडिकल कलेज लगायतकाहरुलाई केन्द्रमा राख्दै आयोजना गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.