सामान्य अंकले बढ्यो नेप्से, अपि पावरको सबैभन्दा बढी सेयर कारोबार

<p>काठमाडौं । बिहीबार सेयर बजार १२.४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार सेयर बजार बढेर २१८२.६१ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५६ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजार १२.४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार सेयर बजार बढेर २१८२.६१ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज ५६ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, आज सबैभन्दा धेरै बारही हाइड्रोपावर कम्पनीको सेयरधनीले कमाएका छन् भने नबिल ब्यालेन्स्ड फण्ड-३ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

Share News