लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान सुरु

  २०७९ माघ २६ गते १३:५१     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान सुरु भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले  सभापति लामिछानेको पासपोर्टमाथि युवराज पौडेल सफलले दिएको जाहेरीको विषयमा अनुसन्धान सुरु गरेको हो ।

सरकारी वकिल कार्यालयले जाहेरीका आधारमा तीन निकायबाट कागजात मगाएर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.