याडिया एक्सचेन्ज मेला सुरु, ३० हजार नगद छुट पाइने

<p>काठमाडौं । नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरक कुजु नेपालले &#8216;याडिया एक्सचेन्ज मेला&#8217; घोषणा गरेको छ । कुजुले ३० हजार नगद छुट सहितको याडिया एक्सचेन्ज मेला घोषणा गरेको हो । यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्य हुने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक/स्कुटर ल्याउन र आकर्षक [&hellip;]</p>

काठमाडौं । नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरक कुजु नेपालले ‘याडिया एक्सचेन्ज मेला’ घोषणा गरेको छ । कुजुले ३० हजार नगद छुट सहितको याडिया एक्सचेन्ज मेला घोषणा गरेको हो ।

यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्य हुने कम्पनीले बताएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक/स्कुटर ल्याउन र आकर्षक ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्स सहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन् ।

कम्पनीको अनुसार यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ । याडियाले विश्वभर ३ हजार वितरकका साथै ४० हजार शोरुमहरु पनि स्थापना गरिसकेको छ ।

Share News