२०७९ माघ २६ गते ८:५१ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको सेयर खरिद गर्याे भने लाभांश पनि पाइने भएको छ । ज्योति विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको आजसम्म सेयर खरिद गर्ने सेयरधनीले लाभांश प्राप्त गर्ने भएका हुन् ।
यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् भने ज्योति विकास बैंकले माघ २९ गते बुकल क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउन पाउनेछन् । लुम्बिनी जनरलले माघ २७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
लुम्बिनी जनरलले इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद गरी कूल ७.३५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन ११ गते आफ्नो १८ औं वार्षिक साधारण सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोग क्याटरिङमा बोलाएको छ ।
यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.४ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद गरी कूल १३.०५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २६औं वार्षिक साधारण फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।
यस्तै, ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न फागुन १४ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.