निर्धन उत्थान लघुवित्तको नाफा ६६ प्रतिशत घट्यो, ईपीएस २९.६५ रुपैयाँले गिरावट

  २०७९ माघ २६ गते ८:२७     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६५.८८ प्रतिशत घटेर १६ करोड ८५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ९ प्रतिशत घटेर ९६ करोड ६८ लाख ३१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ६ करोड ३५ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३३ प्रतिशत घटेर १८ करोड १० लाख १५ हजार रुपैयाँ, सञ्चालन नाफा ६५.९१ प्रतिशत घटेर २३ करोड ९३ लाख ४० हजार रुपैयाँ र वितरणयोेग्य नाफा १३ करोड १४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ७.२३ प्रतिशत बढेर २ अर्ब ६० करोड ८३ लाख रुपैयाँ, सापटी तथा निक्षेप ०.६९ प्रतिशत बढेर २४ अर्ब ६४ करोड ५ लाख ८९ हजार रुपैयाँ र कर्जा ४.०७ प्रतिशत घटेर २६ अर्ब ६ करोड २१ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६६.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ८३ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ८.३८ प्रतिशत र आधार दर १३.०८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.