रिलायबल लाइफले कमायो साढे २२ करोड नाफा, अभिकर्ता कमिशन कति ?

  २०७९ माघ २६ गते ७:२२     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.९० प्रतिशत बढेर २२ करोड ४७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ५ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.७४ प्रतिशत घटेर १ अर्ब ७२ करोड २५ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २० प्रतिशत बढेर ४८ करोड ३० लाख ३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड २४ लाख १८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष २८.१३ प्रतिशत बढेर १ अर्ब २८ करोड ८९ लाख ६३ हजार रुपैयाँ र जीवन बीमा कोष ५६ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ९६ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन १४ प्रतिशत घटेर २४ करोड ८० लाख ७६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ९३ लाख ७९ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ७८ करोड ६५ लाख ३ हजार रुपैयाँ र कुल दाबी भुक्तानी ५७ करोड ५ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस्तै, कुल कायम रहेको बीमा लेखको संख्या ३६ लाख ७६ हजार ४९ वटा र कुला दाबी भुक्तानी २ हजार १४३ वटा रहेका छन् ।

कम्पनीको प्रतिसेयर आम्दानी १५.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.