सुपरमाई हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  २०७९ माघ २६ गते ६:३६     विकासन्युज

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन हो ।

कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई र ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । बाँकी रहेको २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.