माइपे वालेटबाट आईसीसी विश्वकप लिग २ को टिकट सस्तोमा किन्न सकिने

  २०७९ माघ २५ गते १८:४२     विकासन्युज

काठमाडौं । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिय र स्कटल्याण्ड बिचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ ।

खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको व्यवस्था समेत गरेको छ । खेल आउँदो फागुन २ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदै छ ।

क्यानले सामान्य टिकटको मूल्य १५० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३५० रुपैयाँ निर्धारण गरेकोमा माइपेमार्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य १३० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३२० रुपैयाँ रहेको छ ।

माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको व्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए ।

पछिल्लो समय नेपाल टि२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विबादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भईरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ ।

लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ । नामिबिया ३७ अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ ।

माइपे ले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.