सिम र मोबाइल एउटै व्यक्तिको नाममा हुनुपर्ने, नभए फोन नचल्ने

  २०७९ माघ २५ गते १७:०३     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फोन सञ्चालन सम्बन्धी नयाँ नीति अख्तियार गर्ने भएको छ । अब मोबाइल फोन दुबै एउटै व्यक्तिको नाममा नभए प्रयोग गर्न नमिल्ने प्रणालीको विकास प्राधिकरणले गर्न लागेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी अच्युतानन्द मिश्रले सिम र मोबाइल एउटै व्यक्तिको नाममा भएका मोबाइल मात्र चल्ने प्रणालीको विकास गर्न लागिएको बताएका छन् । उनले नेपाल मोबाइल वितरक संघले आयोजना गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) समयमा नै लागु गर्नुपर्ने विषयको कार्यक्रममा बोल्दै सो बताएका हुन् ।

मिश्रका अनुसार मोबाइल र सिम एकै व्यक्तिको नाममा दर्ता नभए उक्त मोबाइल चल्दैन । ‘जसको नाममा मोबाइल अथवा सिम छ, त्यही फोन चल्नु पर्छ, मोबाइल र सिम त्यही व्यक्तिको नाममा हुनु पर्यो, अनि मात्र मोबाइल चल्ने नभए मोबाइल एउटा बट्टाको रुपमा मात्र प्रयोग हुन्छ, यसको लागि पहिला एमडीएमएस प्रणाली लागु हुनु पर्यो र त्यही व्यक्तिको सिम हो भनेर जान्नको लागि केवाइसी सिस्टम पनि चाइन्छ,’ उनले भने ।

यसको लागि अहिले प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ। सिम र मोबाइलको नाम फरक हुने वित्तिकै मोबाइल नचल्ने पनि मिश्रले जानकारी दिए । उनका अनुसार प्राधिकरणले मोबाइलको आइएमइआइ नम्बर र सिम कार्ड एकै व्यक्तिको नाममा दर्ता भएपछि मात्रै मोबाइल चल्ने सिस्टमको विकास गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.