२०७९ माघ २५ गते ११:५१ विकासन्युज
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरायण प्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात प्रभु बैंकका ग्राहकहरुले फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् ।
साथै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिनेछ । फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने बैंकले जनाएकाे छ । ।
फास्ट बैंकिङ्ग नेपाली बैंकिङ्गमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.