२०७९ माघ २५ गते ११:०५ विकासन्युज
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार १ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३१५ तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.