३८ लघुवित्तको लाभांश : २३ वटाको घट्दा औषत २१ प्रतिशत, कुनको कति ?

  २०७९ माघ २५ गते ८:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको लाभांशदर घटेको छ । गत वर्ष भन्दा लघुवित्त वित्तीय संस्थाहरुको लाभांश दर औषत ५ प्रतिशत घटेको हो । हालसम्म ३८ वटा लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा गरेका छन् । जसमा जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, सिवाईसी लघुवित्त र आदर्श लघुवित्त संस्थाले भने यस वर्षदेखि लाभांश घोषणा गरेका हुन् ।

यी लघुवित्त बाहेक अन्य ३५ वटा लघुवित्तको लाभांश दर औषत २१ प्रतिशत मात्रै रहेको छ । गत वर्ष ३५ वटा लघुवित्तको औषत लाभांश दर २६ प्रतिशत रहेको थियो ।

हालसम्म लाभांश घोषणा गरेका लघुवित्त संस्थाहरुमा २३ वटा संस्थाको लाभांश घटेको छ । जसमा सबैभन्दा धेरै सपोर्ट लघुवित्तको २० प्रतिशत घटेको छ । गत वर्ष लघुवित्तले ३१.५७ प्रतिशत लाभांश वितरण गरेको थियो भने यस वर्ष घटाएर ११.५७ प्रतिशत मात्रै लाभांश वितरण गरेको हो ।

यस्तै, सबैको लघुवित्तको १३.७ प्रतिशतm, गुराँस लघुवित्तको १३.६ प्रतिशत, स्वाभिमान लघुवित्तको १२.९ प्रतिशत, एनएमबि लघुवित्तको १२.१ प्रतिशत, फरवार्ड लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको १२ प्रतिशत, निर्धन उत्थान लघुवित्तको लाभांश ११.११ प्रतिशत र नाडेप लघुवित्त र मिथिला लघुवित्तको १०.५ प्रतिशत लाभांश दर घटेको छ ।

यस्तै, इन्फिनिटी लघुवित्तको ९.१६ प्रतिशत, सिभिल लघुवित्तको ८.४ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ८ प्रतिशत, लक्ष्मी लघुवित्तको ७.३४ प्रतिशत र समता लघुवित्तको ७ प्रतिशत लाभांश दर घटेको छ । यस्तै, नेशनल माइक्रोफाइनान्स लघुवित्तको ६.५ प्रतिशत, साधना लघुवित्तको ६.३ प्रतिशत, आशा लघुवित्तको ५.३ प्रतिशत, छिमेक लघुवित्तको ४.७ प्रतिशत र स्वाबलम्बन लघुवित्तको ४ प्रतिशत घटेको छ । यस्तै, स्वरोजगार लघुवित्तको १.८ प्रतिशत, मेरोमाइक्रोफाइनान्स लघुवित्तको १.१ प्रतिशत र महुली लघुवित्तको १ प्रतिशत लाभांश घटेको छ ।

यस्तै, ३ वटा लघुवित्तका लाभांश दर भने स्थिर रहेको छ । महिला लघुवित्तको ५० प्रतिशत, नयाँ सारथी लघुवित्तको २० प्रतिशत र डिप्रोक्स लघुवित्तको २१.०५२३ प्रतिशत लाभांश स्थिर रहेको छ ।

यस्तै, यस वर्ष विभिन्न ८ वटा लघुवित्तको लाभांश दर बढेको छ । सबैभन्दा धेरै आँधीखोला लघुवित्तको ११.६ प्रतिशत, फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९.५ प्रतिशत, कालिका लघुवित्तको ७ प्रतिशत, मिर्मिरे लघुवित्तको ३ प्रतिशत, आरएमडीसी लघुवित्तको २.४ प्रतिशत र साना किसान लघुवित्तको १.१ प्रतिशत लाभांश बढेको छ । यस्तै, नेरुडे लघुवित्त र आरएसडीसी लघुवित्तको समान ०.५ प्रतिशत लाभांश बढेको छ ।

यस वर्ष नेशनल माइक्रोफाइनान्स लघुवित्त र इन्फिनिटि लघुवित्तले बोनस सेयर मात्रै दिएका छन् भने नगद लाभांश वितरण गरेका छैनन् ।

हालसम्म लाभांश घोषणा गरेका लघुवित्तहरुमा सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तले वितरण गर्ने भएको छ । लघुवित्तले ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस्तै, दोस्रोमा उपकार लघुवित्तको ६५ प्रतिशत, तेस्रोमा महिला लघुवित्तको ५० प्रतिशत, चौंथोमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको ३८.५ प्रतिशत र पाँचौंमा सिवाईसी नेपाल लघुवित्तको ३१.५८ प्रतिशत वितरण गर्ने भएका हुन् ।

३८ वटा लघुवित्तले लाभांश घोषणा गरेपनि हालसम्म १५ वटा लघुवित्तले मात्रै वार्षिक साधारण सभा गर्ने निर्णय गरेका छन् । जसमध्ये ९ वटा लघुवित्त संस्थाको सम्पन्न भइसकेको छ भने ६ वटाको हुन बाँकी रहेको छ ।

हालसम्म आँधीखोला लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, गुराँस लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, सिवाइसी लघुवित्त, फर्स्ट माफइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ ।

यस्तै, नेरुडे लघुवित्त, इन्फिनिटी लघुवित्त, निर्धन उत्थानल लघुवित्त, महिला लघुवित्त, मिथिला लघुवित्त, मिथिला लघुवित्त र उपकार लघुवित्तले वार्षिक साधारण सभाको मिति पनि तय गरिसकेका छन् । अझै ४५ वटा लघुवित्तले भने वार्षिक साधारण सभा बारे कुनै निर्णय गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.