टिभ‍िएसकाे स्कुटर किन्दा ६ हजारसम्मकाे छुट

<p>काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा सम्पूर्ण टिभिएस् स्कुटरहरुमा &#8216;टिभिएस लभ एक्सप्रेस&#8217; योजना ल्याएको छ । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम &#8216;एक्सप्रेस द पावर अफ लभ&#8217; रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको स्योरशट नगद छुट [&hellip;]</p>

काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको स्योरशट नगद छुट पाउनेछन् ।

यसका साथै ग्राहकहरुले जम्मा ३ हजार ९९९ रुपैयाँ र २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यस  योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।

 

Share News