भ्यालेन्टाइनमा यामाहाले ल्यायो ‘कि टु द गोल्डेन हार्ट’ स्किम

  २०७९ माघ २४ गते १०:२७     विकासन्युज

काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोम्यान्टिक योजना ल्याएको छ । अद्भूत सरप्राइज रहेको ‘की टू द गोल्डेन हार्ट’ योजनामा १ लाखसम्मको क्यासब्याकको अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक हप्ता एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिनेछ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेता घोषणा गरिने यो अफर यामाहाका सीमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार एफजेड-एस एफआई भर्सन ३.०, एफजेड-एस एफआई भर्सन २.०, एफजेड एफआई भर्सन २.०, एसजेड-आरआर भर्सन २.०, सलुटो १२५ सीसी, रे जेडआर १२५ एफआई, फ्यासिनो १२५ एफआई र रे जेड ११३ सीसी मोडेल रहेका छन् ।

यो अफर यामाहा स्कुटरमा १-१७ फेब्रुअरी २०२३ सम्म मात्र लागु हुनेछ भने यामाहाको बाइकमा १९ जनवरी २०२३ देखी नयाँ योजना घोषणा नगरेसम्म लागू हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा यामाहासँग वैकल्पिक प्रस्ताव पनि रहेको छ। खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न (जुन पूर्ण रकमको २० प्रतिशत) सक्छ । यो अफर ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरमा पनि उपलब्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.