याडियको नयाँ शोरुम चाबहिलमा

  २०७९ माघ २३ गते १९:२५     विकासन्युज

काठमाडौं । चाबहिलको चुचेपाटीमा याडिया ब्रान्डको ई-स्कुटर नयाँ शोरुमको खुलेको छ ।काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष भुवन तामाङले उक्त शोरुमको उद्घाटन  गरेका छन् ।

विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ब्रान्ड याडियाले नेपालमा विभिन्न मोडेलहरुको प्रिमियम इ-स्कुटरहरु बिक्री गर्दै आएको छ । कुजु नेपाल नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरक हो ।

कुजु नेपालले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर नेटवर्कहरु स्थापित गरीसकेको छ ।

कम्पनीले छिट्टै बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.