वृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

  २०७९ माघ २३ गते १२:४९     विकासन्युज

काठमाडौं । वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २० गतेबाट तीन दिने प्रदर्शनी शुरु भएको थियो ।

प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन,पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रर्दशनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजन,नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य लगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए ।

सिभिल इन्जिनियर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्ष देखी वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ ।

वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), ४३ ग्रेडसाधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ ।

कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा वृज सिमेन्टको माग भैइरहको छ । नेपाल सिभिल इन्जिनियरिङ्ग अन्र्तगत निर्माण क्षेत्रमा वृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको छ । त्यसैअनुसार देशभरका आम नेपाली उपभोक्ताबीच यो सिमेन्ट परिचित भएको छ र बिक्री वितरण हुँदै आएको छ ।

वृज सिमेन्ट कम्पनीले नेपालको प्राविधक तथा सामाजिक क्षेत्रमा समेत संस्थागत उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत महत्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.