सत्ता सहयात्री दलको एकतालाई जसरी पनि बचाउँछु : प्रधानमन्त्री प्रचण्ड

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताए । &#8216;मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो&#8217;, उनले भने, [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताए ।

‘मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो’, उनले भने, ‘अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो, उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’

सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

Share News