इको प्यानलको तालिमपछि पाए ३५ जनाले रोजगारी

  २०७९ माघ २१ गते १६:२५     विकासन्युज

काठमाडौं । नेपाल इको प्यानलको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सम्पन्न भएको छ । दुईदिनको तालिमपछि तालिममा सहभागीहरुले इको प्यानल जडान गर्न सिकेका छन् । इको प्यानल जडान गर्न सिकेसँंगै उनीहरुले रोजगारी पाएका छन् ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले देशभरि नै इको प्यानलको प्रयोगबाट भौतिक संरचना निर्माण गर्नेहरुको संख्या बढिरहेकोले आवश्यक जनशक्तिका लागि तालिम दिएको स्पष्ट पारे । तालिम प्राप्त व्यक्तिहरुले अव ती ठाउँंहरुमा पुगेर इको प्यानल जडान गर्ने काम पाउने उनले जानकारी गराए ।

देशमा रोजगारीको समस्या भइरहेको बेला स्वरोजगार बनाउने उद्देश्य तालिमको रहेको इन्जिनियर दुवालले बताए । आज स्वरोजगार भएका व्यक्तिहरु भोलिका दिनमा उद्यमशिल हुनसक्ने पनि उनले जनाए । भोलिका दिनमा इको प्यानलको विक्रीवितरणसमेतमा सहभागी भई जडान गर्ने काममा उनीहरु लाग्नसक्ने उनले जनाए । सहभागीहरुलाई एक कार्यक्रमवीच प्रमाणपत्रसमेत वितरण गरिएको छ । तालिममा काठमाडौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट सहभागी भएका थिए । महिला पाँंच जनासहित कुल ३५ जना तालिममा सहभागी भएको जनाइएको छ ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्प प्रतिरोधी, तीव्र निर्माण सम्भब हुनुलगायतका कारण पछिल्ला वर्ष यसको माग देशभरि उच्च रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.