काठमाडौंमा भिखारीहरुको कमाइ २४ हजार रुपैयाँसम्म (फोटोफिचर)

  २०७९ माघ १७ गते १७:४६     विकासन्युज

काठमाडौं । पछिल्लो समय काठमाडौंका विभिन्न सडकमा भिख माग्नेहरुको जमात नै भेटिन्छ । मानसिक तथा शारीरिक रूपमा अशक्त भई जीवन चलाउनका लागि भनेर विभिन्न सडकमा हात थापेर भिख माग्नेहरुको जमात नै भेटिन्छ ।

सडक किनार, पाटीपौवा तथा मन्दिर आसपास उनीहरूले मागेर गुजारा चलाउँछन् । मागेर भएपनि उनीहरुले दैनिक ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म संकलन गर्ने गरेको बताएका छन् । उनीहरुले मासिक रुपमा २४ हजार रुपैयाँ कमाउने गरेको बताउँछन् । 

यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिख माग्न रोक लगाएको थियो । गत असारमा महानगरले एक सूचना जारी गर्दै भिख माग्न रोक लगाएको थियो । महानगरले रोक लगाएपनि काठमाडौंमा मगन्तेहरु भने कम भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.