अर्को बैंकको एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँभन्दा बढी लिन नपाइने

  २०७९ माघ १७ गते १४:०६     विकासन्युज

काठमाडौं । एउटा बैंकको कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै अन्तर एटीएम कारोबार  बढीमा १५ रुपैयाँसम्म शुल्क लिन पाउने बताएको हो ।

‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’ एकीकृत निर्देशिकामा भनिएको छ ।

यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

यस्तै, अब हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने भएको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.