आजदेखि नेप्सेमा ३ बीमा कम्पनीको कारोबार हुँदै, कुनको कतिमा हुन्छ ?

  २०७९ माघ १७ गते ७:१४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विभिन्न ३ कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले यी ३ कम्पनीको आधारभूत सेयरधनीको कारोबार भने रोक्का नै राखेर सर्वसाधारण सेयरधनीको फुकुवा गरेको हो । कारोबार फुकुवा भएसँगै मंगलबारबाट दोश्रो बजारमा ३ वटै कम्पनीको कारोबार हुनेछ ।

नेपाल धितोपत्र बोर्डको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेमा प्राइम लाइफको प्रतिकित्ता ५०३.५४ रुपैयाँ, गुराँस लाइफको प्रतिकित्ता ४५१.४० रुपैयाँ र यूनियन लाइफ इन्स्योरेन्सको ४७८.११ रुपैयाँ सेयर मूल्य रहेको छ ।

गत जेठ ३ गतेदेखि यी कम्पनीको सेयर कारोबार रोक्का रहेको थियो । गुराँस लाइफ, युनियन लाइफ र प्राईम लाइफबीच बैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.