नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा नर्सहरुलाई नवजात शिशुको उपचार तालीम

  २०७९ माघ १६ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा बिरगंजका करिब ४० जना नर्सहरु नवजात शिशुको पूर्नजीवन तालीममा सहभागी भए ।

नेपाल मेडिसिटी बयोधा अस्पतालले नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा आयोजना गरेको उद्घाटन सत्रमा बिरगंजस्थित नेशनल मेडिकल टिचिङ्ग हस्पिटलकी नर्सिङ्ग निर्देशक श्रीमती गंगा गुरुङ्ग प्रमुख अतिथिको आसनबाट नर्सहरु भनेको अस्पतालको मेरुदण्ड भएको बताईन् । नर्सहरुले आफ्नो ज्ञान र सीपलाई अभिबृद्धि गर्दै अस्पतालहरुमा दीगो सेवालाई प्रत्याभूत गर्न आवश्यक रहेको पनि उनको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेकी बिरगंज नर्सिङ्ग क्याम्पसकी प्रमुख जमुना भट्टराईले नेपालमा जेष्ठ नागरीकहरुको संख्या बृद्धि भईरहेकोले नर्सहरु तथा अस्पतालहरुले पनि जेष्ठ नागरिकहरुको उपचारमा अभ बढी ध्यान दिनुपर्ने बताईन् ।

नर्सहरुको सेवा, सुविधा तथा जीवनयापनका लागि पर्याप्त पारिश्रमिकको ब्यवस्था अस्पतालहरुले गरेको खण्डमा नर्सहरुको कार्यकुशलतामा अभिबृद्धि हुने उनले बताईन् ।

नेपाल मेडिसिटी बयोधा अस्पतालले नर्सहरुको ज्ञान र सीपलाई अभिबृद्धि गर्न नियमित रुपमा तालीमहरुको ब्यवस्था गरिरहेको र स्वास्थ्यका अधिकांश सेवाहरुलाई बिरगंजमै उपलब्ध गराईरहेकोले सम्पूर्ण उपचार अब बिरगंजमै सम्भव बनाउन आफूहरु लागीपरेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए ।

आफूहरुले बिरगंजका सबै अस्पतालहरुसंग सहकार्य गरेर विरामीहरुलाई प्राथमिक, माध्यमिक र विशिष्ट सेवा बिरगंजमै उपलब्ध गराउने प्रयास गरिरहेकोले अब उपचारका लागि अन्यत्र जाने अवस्था न्यून हुने उनको धारणा छ ।

उद्घाटन सत्रपश्चात नवजात शिशुको पूर्नजीवन ब्यवहारिक तालीममा बिरगंजका अधिकांश अस्पताल तथा नेपाल मेडिसिटी बयोधा अस्पतालका गरी करिब ४० जना नर्सहरु सहभागी रहेका थिए ।

उक्त कार्यक्रममा नवजात शिशुहरुको अस्पतालमा गरिने उपचार तथा नवजात शिशुहरुको सघन उपचारका तरीकाहरुको ब्यवहारिक तालीम दिईएको थियो ।

नेपाल मेडिसिटी बयोधा अस्पतालको बालरोग विशेषज्ञ डा. आनन्द रौनियार, डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेण्ट विद्या गुप्ता, एसिस्टेन्ट नर्सिङ्ग सुपरिन्टेन्डेण्ट रविन्द्र कानुले नर्सहरुलाई प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.