२०७९ माघ १६ गते १०:२२ विकासन्युज
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक प्राप्त गर्न निवेदनको दिनको लागि समय थपेको जनाएको छ । केन्द्रले माघ १५ गते सूचना प्रकाशित गर्दै अस्थायी शिक्षकहरुले सो सुविधा लिनको लागि माघ मसान्तसम्म आवदेन गर्न सक्ने जनाएको छ ।
केन्द्रले सेवाग्राहीको समस्या र मागलाई ध्यानमा राखेर अस्थायी शिक्षकले पाउने सेवा सुविधाको लागि निवेदन पेस गर्ने अवधिको म्याद माघ मसान्तसम्म थप गरिएको सूचनामा उल्लेख गरेको छ ।
केन्द्रले गत पुस १६ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेसम्म आवेदन दिन अस्थायी शिक्षकहरुलाई सूचित गरेको थियो । अस्थायी शिक्षकलाई सुविधा लिनका लागि राष्ट्रिय किताबखाना (शिक्षक) को नियमानुसार अन्तिम पटक म्याद थप गरिएको केन्द्रले जनाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना
Copyright © 2023 Bikash Media Pvt. Ltd.