रिद्धि सिद्धि सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  २०७९ माघ १५ गते १५:१२     विकासन्युज

मकवानपुर । रिद्धि सिद्धि सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए । सोहि गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो।

कम्पनी सबैको स्वास्थ्य प्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ । उक्त कार्यक्रम खड़क तुम्सिङले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.