२०७९ माघ १४ गते १७:४३ विकासन्युज
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ति शुद्धिकरण तथाआतङ्कवादी क्रियाकलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संघले नेपाल धितोपत्र बोर्डद्वारा निर्देशित सम्पती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ को दफा (१५) को उपदफा (७) को अधिनमा रहि संघका सम्पूर्ण सदस्य संस्थाहरुका एक प्रतिशतभन्दा बढि शेयर स्वामित्वभएका शेयरधनी, संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा माघ १३ गते सम्पत्ति शुद्धिकरण तथाआतङ्कवादी क्रियाकलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा २६ मर्चेन्ट बैंकिङ्ग संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तीय जानकारी इकाईका विभागीय प्रमुख तथा निर्देशक दिर्घबहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्पmबाट कानुनी प्रवर्तन इकाई र एएमएल विभागका का.मु.निर्देशक राजाराम दुवाल उपस्थिति रहेको थियो ।
नेपाल मर्चेन्ट बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आई. एम. ई क्यापीटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालद्वारा धन्यवाद ज्ञापन तथा स्रोत व्यक्तिका रुपमा सहभागी भएका अतिथिहरुलाई प्रशसांको चिनो/प्रतिक प्रदान गरी उक्त कार्यक्रमको अन्त्य गरी कार्यक्रम समापन गरिएको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.