दुगड समुहको स्वस्तिक आयल इन्डस्ट्रिज सम्मानित

  २०७९ माघ १३ गते १७:२९     विकासन्युज

काठमाडौं । के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज सम्मानित भएको छ ।कम्पनीलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार कार्यालयले कम्पनीलाई स–सम्मान प्रशंसा पत्र प्रदान गरेको थियो ।

स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयल जस्ता उत्कृष्ट ब्रान्डहरु उत्पादन गर्ने कम्पनी हो । यस कम्पनी विगतका वर्षहरुमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.