२०७९ माघ १३ गते १४:३९ विकासन्युज
काठमाडौं । रेमिट्यान्स कम्पनीहरुले पनि आइपीओ जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको विप्रेषण विनियमावली २०७९ अनुसार रमिट्यान्स कम्पनीहरुले पनि सर्वसाधरणको लागि सेयर जारी गर्न सक्ने भएका हुन् ।
इजाजत प्राप्त विप्रेषण कम्पनीहरुले प्रचलित कानून व्यवस्थाहरुको अधिनमा रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सर्वसाधरणलाई सेयर जारी गर्न सक्ने विनियमावली २०७९ उल्लेख छ ।
‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.