रामेश्वर खनालले गरे दोस्रो विवाह, को हुन् सरिता शर्मा ?

  २०७९ माघ १३ गते १४:०३     विकासन्युज

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् ।

चार वर्षअघि श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए । खनालको एक्ली छोरी छिन् । सरिता शर्मा पोखरेलको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । उनको पनि एक्ली छोरी छिन् ।

‘उनी धेरै वर्षदेखि एक्लो जीवन विताईरहेकी रहिछन् । साथीहरुले अलि अगाडि नै कुरा ल्याएका थिए, शुरुमा मैले मानिन, पछिल्लो समय मैले पनि एक्लो महसुश गरे, समझदारीमा लिभिङ टुगेदर रोजेका हौ,’ खनालले विकासन्युजसँग भने ।

खनालको एक्ली छोरी पनि भारतको नयाँ दिल्लीमा बसेर अध्ययन अनुसन्धान गरिरहेकी छिन् । खनाल घरमा एक्लै बस्दथे ।

‘दिनभरी त यता उता गइन्छ, काम गरिन्छ, व्यस्त हुँदा एक्लो अनुभव हुँदैन रहेछ, तर बेलुका घर फर्केपछि एक्लो अनुभूति हुने, डिप्रेसन होला, अरु अरु रोगले सताउला भन्ने मनमा आउन थाल्यो’ उनले भने,‘सरिताको पनि त्यस्तै समस्या, उनकी छोरी पनि एमबिबिएस सकेर एमडी गर्न जापान जानै लागिन् ।’

श्रीपञ्जमीको दिन पारिवारिक सदस्यहरुबीच केक काटेर लिभिङ टुगेदरको आरम्भ गरेको खनालले बताए । ‘यसलाई विवाह नभनाै । लिभिङ टुगेदर हो,’ उनले भने ।

खनालकी नयाँ पत्नि सरिता ४७ वर्षकी भइन् । ‘उनी भन्दा म १७ वर्ष जेठो छु,’ खनालले भने ।सरिताको गृह जिल्ला दाङ हो । उनी पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता बलदेव मजगैयाकी भतिजी हुन् ।

छोरीलाई पढाउने क्रममा सरिता पछिल्लो समय काठमाडौंमा बस्दै आएकी थिइन ।

One comment on "रामेश्वर खनालले गरे दोस्रो विवाह, को हुन् सरिता शर्मा ?"

  • chandrika Bhattarai says:

    Badhai chha ekal mahila sanga Sambandha jodekoma, living together vanna hudaina happy married life bitauni vanna parchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.