२०७९ माघ १३ गते १३:११ विकासन्युज
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनगढी कैलालीमा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मंसिर १३ गते एक कार्यक्रमकाबीच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बीमित लोकेन्द्र बहादुर बिष्टको मिति २०७९ साउन १८ गते साउदी अरेबियामा मृत्यु भएकाले बीमीतको ईच्छाएको व्यक्तीको श्रीमती कलावती बिष्टलाई चेक हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच कम्पनीका मार्केटिङ्ग प्रमुख योगेन्द्र बिक्रम अधिकारीले किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाखको कलावती बिष्टलाई चेक हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा कम्पनीका धनगढी शाखा मार्केटिङ्ग प्रमुख योगेन्द्र बिक्रम अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.