२०७९ माघ १३ गते ११:११ विकासन्युज
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका –१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ ।
विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताए ।
विमानस्थल निर्माणमा एक अर्बभन्दा बढी खर्च भएको छ । कालोपत्र गर्न १४ करोड ९३ लाख खर्च भएको प्राधिकरणले जनाएको छ । रासस
Copyright © 2023 Bikash Media Pvt. Ltd.