बीमा प्राधिकरणले १ करोड १५ लाखमा ४ वटा गाडी किन्दै

  २०७९ माघ १३ गते ९:०१     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ सवारी साधन (गाडी) खरिद गर्ने भएको छ । प्राधिकरणले ४ वटा सवारी साधन खरिद गर्ने भएको हो ।

प्राधिकरणले च्याङ्गानको एल्स्भिन १.४ एमटि कम्पनीका ४ वटा सवारी खरिद गर्ने भएको हो । उक्त सवारी खरिद गर्न एम.ए.डब्लू इन्टरप्राइजेज प्रालिलाई प्राधिकरणले छनोट गरेको हो । उक्त सवारीको मूल्य अभिवृद्धि कर बाहेकको बोल रकम १ करोड १५ लाख ९२ हजार ९२० रुपैयाँ रहेको छ ।

सार्वजनिक खरिद ऐन २०६३, नेपाल बीमा प्राधिकरण खरिद विनियमावली २०७९ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०७४ को प्रावधान बमोजिम खरिद कम्पनी छनोट गरेको प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणको कार्यालयका लागि आर्थिक वर्ष २०७९/८० को बजेटमा सवकारी साधन खरिद गर्न व्यवस्था गरेको थियो । सोही बमोजिम गत मंसिर २४ गते इ–बिडिङ आह्वान गरी पुस २५ गते बोलपत्र खोलीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.