सूर्यज्योति लाइफले सम्पत्ति बिक्री गर्दै

  २०७९ माघ १२ गते ७:३१     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । साविक सूर्या लाइफको कर्पोरेट कार्यालय रहेको श्री कम्प्लेक्सको तेस्रो तथा चौथो तल्लामा जडित तथा निर्माण भएका सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अबस्थामा बिक्री गर्ने भएको हो ।

इच्छुक व्यक्ति वा संस्थाहरुले उक्त सम्पत्तिहरु खरिदको लागि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले ३ दिन अर्थात् १५ गतेभित्र बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

कम्पनीले फर्निचर तथा फिक्सचर्स, फल्स सिलिङ्ग, सिभिल कन्सट्रक्सन लगायत लिजहोल्ड सहित उक्त कार्यालयमा जडित स्थिर सम्पत्तिहरु, सोफासेट, टेबल तथा कुर्सिहरु तथा कार्यालय सामाग्रिहरु, सिसिटिभि क्यामेरा, रेकर्डर, एनभिआर सृट, टेलिभिजन र सिलिङ्ग तथा वाल एसी बिक्री गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.